गोदावरी आविष्कार केन्द्रद्वारा कथा लेखन कार्यशाला आयोजना

अत्तरिया : कैलालीको अत्तरियामा रहेको गोदावरी आविष्कार केन्द्रले कथा लेखन कार्यशालाको आयोजना गरेको छ । केन्द्रले विद्यार्थीहरूमा सिर्जनात्मक लेखन सीपको विकास गर्नको लागि ३ दिने कार्यशाला आयोजना गरिएको हो ।

फागुन १ गते देखि सञ्चालित कार्यशालामा कथा लेखक विजयराज आचार्यले प्रशिक्षा दिएका थिए । जसमा विद्यार्थीहरूलाई सिर्जनात्मक लेखन, कथाको संरचना, चरित्र विकास तथा साहित्यिक अभिव्यक्तिको सीप सिकाइएको थियो ।

कार्यशालाको शनिवार गोदावरी आविष्कार केन्द्रका सचिव मदन राज भट्टको अध्यक्षतामा ‘कथा वाचन कार्यक्रम’ को आयोजित गर्दै समापन गरिएको छ । होलिल्याण्ड माविकी प्रिन्सिपल लक्ष्मी चन्दको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा कार्यशालामा सहभागिता विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनुका साथै ६ जना विद्यार्थीले कथा वाचन गरेका थिए ।

कार्यशालामा होलिल्याण्ड मावि, ज्ञानज्योती मावि र मोहना मल्टेश्वरी एकेडेमीका २८ जना विद्यार्थीको सहभागिता रहेको आविष्कार केन्द्रका उपाध्यक्ष किरण भट्टले बताए । समापन कार्यक्रममा क्याप्सन गोदावरीका अध्यक्ष मदन जोशी, प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्प राज जोशी लगायत विद्यार्थी अभिभावकको सहभागिता रहेको थियो ।

Dhangadhi 2081
Loading...