दृष्टि पाठशालाको २३औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर-७ कलुवापुरमा रहेको दृष्टि पाठशालाको २३औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

पाठशाला तथा टिभी टुडे मिडियाका अध्यक्ष डाक्टर जनकराज पन्तको सभा अध्यक्षता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको प्रमुख आतिथ्यतामा २३औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

वार्षिकोत्सव तथा अभिभावक दिवसमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा कैलाली, कञ्चनपुरका शैक्षीक अगुवा तथा बिभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै मुखयमन्त्री शाहले सबैका लागि समान शिक्षा जरुरी रहेको बताए। उनले निजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै निजी क्षेत्रसंग समन्वय गरेर अगाडि बढ्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

पाठशालाका अध्यक्ष पन्तले आफु गाउँमै हुर्केको व्यक्ति भएकोले सहर केन्द्रीत हुनुभन्दा गाउँमा पुगेर सेवा प्रदान गर्ने उदेश्यले उक्त पाठशालामा लगानी गरेको बताए । उनले कुनै पनि कार्य सफलतापूर्वक सम्पन्न गर्नका लागि स्थानीयको सहयोग अनिवार्य हुने भएकोले स्थानीयसंग समन्वय गरेर पाठशालाका बाँकी कार्यहरु अगाडि बढाईने बताए ।

पन्तले गत वर्षदेखि मात्रै उक्त पाठशालाको जिम्मेवारी लिएका हुन् । कक्षा ८ सम्म सञ्चालीत उत्त पाठशालामा साढे चार सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

Dhangadhi 2081
Loading...