सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण, एक जना पक्राउ

धनगढी : सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण भएको छ । सोमवार बिहान करीब ४ बजेको समयमा प्रादेशिक अस्पतालका डाक्टर बेदप्रकाश भट्टमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

भट्टलाई रक्तचाप सम्बन्धी बिरामी भएर आइसीयूमा भर्ना भएका धनगढी उपमहानगरपालिका-१३ का रमतर रानाका कुरुवा बसेका छोराले आक्रमण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले डाक्टरमाथि आक्रमण गर्ने बिरामीका छोरा समेत रहेका कुरुवा २४ वर्षीय कृष्ण रानालाई नियन्त्रणमा लिइएको जानकारी दिए । रानाले आईसीयूबाट चेकजाँच गरेर फर्किने क्रममा डाक्टरमाथि आक्रमण गरेका थिए ।

उनको आक्रमणबाट डाक्टरको चस्मा फुुटेको छ भने मुखमा चोट लागेको छ । राना मानसिक रुपमा अस्वस्थ भएको बुझिएको प्रहरीले जनाएको छ ।

Dhangadhi 2081
Loading...