अत्तरियाको लोटस आईले मनायो २६औँ वार्षिकोत्सव

अत्तरिया : कैलालीको अत्तरियामा रहेको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयले २६औँ वार्षिकोत्सव कार्यक्रम मनाएको छ ।  बिद्यालयका संस्थापक अध्यक्ष गिरिराज कडायतको सभापतित्वमा आईतबार देखि सुरु भएको वार्षिकोत्सव समारोहको सोमबार समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बम प्रमुख अतिथि रहेका थिए ।

विद्यालयले आईतबार पिजी कक्षा देखि सञ्चालन गरेको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सोमबार विद्यार्थी, अभिभावक, समाजसेवी, शिक्षा क्षेत्रका विज्ञहरू लगायत विशिष्ट अतिथि व्यक्तित्वहरूको सहभागितामा भव्यरूपमा समापन गरेको हो । कार्यक्रममा विद्यार्थीहरूका विभिन्न प्रतिभाहरू प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल मान बहादुर ऐरले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले २०५५ सालमा स्थापना भएको यस बिद्यालयमा पीजी देखि कक्षा १२ सम्म १ हजार ३८० विद्यार्थी अध्ययनरत रहेका बताए ।

हाल बिद्यालयमा ६६ जना शिक्षक,कर्मचारी कार्यरत रहेका छन् । विद्यालयले १४४ जना विद्यार्थीहरुलाई विद्यालयको नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउँदै आइरहेको छ ।

विद्यालयबाट २०६१ सालदेखि २०८० साल सम्म १ हजार ३७० जना विद्यार्थीले एसएलसी/एसइई उत्तीर्ण गरेको र २०६७ देखि २०८० सम्म १ हजार १७७ जनाले कक्षा १२ उत्तीर्ण गरेका छन् । विद्यालयबाट उत्तीर्ण भएर गएका विद्यार्थी विभिन्न पेसा तथा कला क्षेत्रमा स्थापित भएका प्रिन्सिपल ऐरले बताए ।

Nabadurga Sunchadi
Loading...