कञ्चनपुर : यस वर्ष पनि भीमदत्त नगर पर्यटन विकास समितिले शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । फागुन १२ देखि सुरु हुने सात दिने महोत्सवमा विभिन्न सांस्कृतिक, सरसफाइ, प्रवर्द्धनात्मक तथा प्रतियोगितात्मक कार्यक्रम समावेश छन् ।
पहिलो दिन सुदूरपश्चिमको लोकसंस्कृति झल्काउने झाँकी प्रदर्शन, दोस्रो दिन भारतीय पत्रकारहरूका लागि निकुञ्ज भ्रमण, तेस्रो दिन एयरपोर्टदेखि निकुञ्जसम्म सरसफाइ अभियान, चौथो दिन डिजिटल प्रवर्द्धन, पाँचौँ दिन निबन्ध प्रतियोगिता, छैटौँ दिन पर्यटन सम्बन्धी छलफल र सातौँ दिन मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरी महोत्सव सम्पन्न गरिनेछ ।
नगर प्रवक्ता पदमराज अवस्थीका अनुसार पर्यटकीय सम्भावनायुक्त निकुञ्ज प्रवर्द्धन गर्दै आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्यले महोत्सव आयोजना गरिएको हो।
