अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले फागुन २७ गते देखि नगर स्तरीय परीक्षा सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाले मंगलबार कक्षा ५ र ८ को नगर स्तरीय परीक्षाको कार्य तालिका सार्वजनिक गरेको हो ।
यसअघि कक्षा ८ मात्रै नगर स्तरीय परीक्षा हुने गरेकोमा यस पटक कक्षा ५ को पनि नगर स्तरबाट परीक्षा हुने भएको छ ।
चैत्र ६ गते सम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेबाट सुरु हुने शिक्षा शाखा प्रमुख प्रयागराज जोशीले बताए । यस वर्ष चैत्र ७ देखि एसइई परीक्षा सञ्चालन हुँदैछ ।
