गोदावरीमा निःशुल्क लोकसेवा र शिक्षा सेवा तयारी कक्षा सञ्चालन गरिने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले निःशुल्क लोकसेवा आयोग र शिक्षा सेवा आयोगका तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै लोकसेवाको चौथो र पाँचौँ तथा निमावि, प्राविको तयारी कक्षा निःशुल्क सञ्चालन गर्ने जनाएको हो ।

तालिममा महिला, दलित, जनजाति, अपाङ्गता भएका र आर्थिक अवस्था कमजोर भएका व्यक्ति सहभागी हुन सक्ने जनाइएको छ ।

आर्थिक अवस्था कमजोर भएको हकमा भने वडा कार्यालयको सिफारिस चाहिने छ। तयारी कक्षामा सहभागिताका लागि फागुन १६ गते भित्र नगरपालिकामा आवेदन दिन सकिने निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयाग राज जोशीले बताए। तयारी कक्षा एक महिना सञ्चालन हुने जनाइएको छ ।

Dhangadhi 2081
Loading...