अत्तरिया : बझाङमा सेती नदीमा बगेर एकजना बेपत्ता भएका छन्।
जिल्लाको मष्टा गाउँपालिका–४ आग्राका ४७ वर्षीय सुरेन्द्र कठायत सेती नदीमा बगेर बेपत्ता भएका हुन्।
उनी शनिवार दिउँसो करिब २ बजेतिर सेती नदीमा गाईको बाछो तराउने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख तथा डिएसी भरत शाहले बताए।
उनको खोजीका लागि स्थानीय र प्रहरी खटाइएको प्रहरी प्रमुख तथा डिएसी शाहले बताएका छन्।
