कैलालीको तेघरीमा खुल्यो ५ करोड लागतमा रिसोर्ट

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित तेघरीमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेशको पहाडि जिल्लाको प्रवेशद्धार तेघरी आर्मी ब्यारेक नजिक सुदूरपश्चिम राजधानी रिसोर्ट एण्ड होटल (पार्टनर प्लेस) सञ्चालनमा आएको हो ।

तराईको बढ्दो गर्मीका बीच अतिथिहरूलाई रमाइलो वातावरण र सुदूरपश्चिमको अर्गानिक खानाको स्वाद प्रदान गर्ने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याएको सञ्चालक भक्त बहादुर ठकुल्लाले बताए ।

करिब ५ करोड रुपैयाँको लगानीमा सञ्चालित रिसोर्टमा स्विमिङ पुल, माछापोखरी, रेष्टुरेन्ट एण्ड बार, सेमिनार हल र साउना तथा स्टीम जस्ता सुविधाहरू पनि उपलब्ध गरिने छन् । साथै,यहाँ अतिथिहरूलाई सुदूरपश्चिमको मौलिक खानाको स्वाद अर्गानिक तरकारी, लोकल कुखुरा र खसीका परिकार सहित प्रदान गरिने छ। रिर्सोटमा आफ्नै खेतबारीमा उत्पादित अर्गानिक खानाको स्वाद संगै आफ्नै पोखरीका माछा तथा स्थानीय लोकल कुखुरा खुवाइने सञ्चालक ठकुल्लाले बताए ।

‘रिसोर्टमा पारिवारिक वातावरणको रेष्टुरेन्ट, ३०/३५ जना अट्ने बर्थडे हल, १२५ जना अट्ने सेमिनार हल, ६ सय सम्म अट्ने पार्टि हल र पार्किङ्गको समेत व्यवस्था रहेको छ,’ सञ्चालक ठकुल्लाले भने ‘गार्डेन लगायतका अन्य संरचनाहरु निर्माणको क्रममा छन् । अहिले रेष्टुरेन्टमा एक महिना अगाढी देखी खाना, खाजा खुवाउने र बिहे, ब्रतबन्धका लागि पार्टिको काम पनि अर्डर आईरहेको छ ।’

सञ्चालक ठकुल्लाले आफ्नै २३ कट्ठा जमिनमा अन्य केहिव्यक्तिको लगानीमा सहकार्य गरी रिर्सोट संचालनमा ल्याएको बताए । उनले होली पर्वको अवसर पारेर रिसोर्टको उद्घाटन गर्ने योजना रहेको बताए ।

‘तराईमा धेरै गर्मि हुने भएकाले त्यो लाई मध्यनजर गरेर महिला पुरुषका लागि छुट्टाछुट्टै स्विमिङ पुल निर्माणको चरणमा छन्,हिउदको समयको लागि स्टीम र साउनाको पनि व्यवस्था छ,’ उनले भने ‘ठुलै योजना रहेको थियो तर आर्थिक मन्दीले गर्दा समस्या भएता पनि सुदूरपश्चिम बासिलाई सेवाको मौका दिने जमर्को गरेका छौ ।’

उनले यस रिसोर्ट मार्फत स्थानीय उत्पादनलाई बजारमा पु¥याउने र रोजगारका अवसर सिर्जना गर्ने उद्देश्य संगसंगै यस क्षेत्रमा पर्यटन र व्यापारको स्तरलाई उच्च बनाउने विश्वास व्यक्त गरिएको बताए ।

Deep Jyoti Pustak psl
Loading...