बझाङमा कक्षा १० मा अध्ययनरत एक किशोरी मृत फेला

अत्तरिया : बझाङमा एक किशोरी मृत फेला परेकी छिन्।

जिल्लाको जयपृथ्वी नगरपालिका –५ की अस्मिता कुमारी जोशी मृत फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत साहका अनुसार मृतक जोशीको सव पोष्टमाटमका लागी जिल्ला अस्पतालमा लगिएको र घटनाको अध्यन अनुसन्धान भैरहेको बताए।

सुनी पिपलचौर माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत उनी आफू बस्ने कोठामा मृत फेला परेको बताइएको छ।

Deep Jyoti Pustak psl
Loading...