अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ चौकिडाँडामा मृत्यु भएकी तारादेवी कैनिको दाह संस्कारका लागि नेकपा एमाले कैलाली जिल्ला लेखा कमिटी सदस्य युवा नेता बालकृष्ण भट्टराईले आर्थिक सहयोग गरेका छन् ।
मृतक कैनिको परिवारको आर्थिक अवस्था कमजोर भएकाले युवा नेता समाजसेवी भट्टराईले घरमै गएर दाह संस्कारका लागि नगद रकम सहयोग गरेका हुन् । लामो समयदेखी अस्वस्थ रहेकी ६२ वर्षीय तारादेवी कैनिको आज दिउँसो मृत्यु भएको उनका आफ्न्तले बताएका छन् ।
जग्गा जमिन नभएका कैनि परिवार एउटा सानो घरमा बसोबास गरिरहेका छन् । उनका जेठा छोराको डेढ बर्ष अगाडि बिरामीकै कारण मृत्यु भएको थियो भने भारतमा रोजगारी गरिरहेका उनका कान्छा छोरा सिद्ध कैनि आमाको मृत्युको खबर सुनेर भोली घर पुग्ने उनका आफ्न्तले बताए ।
दाह संस्कार र क्रिया खर्चका लागि उनका आफ्न्तले गाउँघरमा रकम संकलन गरिरहेका छन् भने सहयोगका लागि अपिल समेत गरेका छन् ।
