अत्तरियाको पुष्पाञ्जली बिद्यालयले मनायो ३६औँ वार्षिकोत्सव

अत्तरिया : कैलालीको अत्तरियामा रहेको पुष्पाञ्जली आवासीय माध्यमिक विद्यालयले ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बिद्यालयले आज (आइतबार) बिभिन्न कार्यक्रम गरी वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

बिद्यालयका सञ्चालक यम प्रसाद भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट प्रमु बिद्यालयका संस्थापक प्रिन्सिपल यम प्रसाद भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रममा अतिथी रहेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले गोदावरीको शिक्षाको विकासमा संस्थागत विद्यालयको प्रयत्न प्रशंसनीय रहेको बताए । उनले नगरमा विभिन्न शैक्षिक सुधारका काम अगाडि बढेको बताउँदै विद्यालयमा आवश्यकता अनुसारका शिक्षक नियुक्त गरिएको बताए । आगामी दिनमा गोदावरीको समग्र नतिजा राम्रो आउने अपेक्षा लिएको उनले बताए ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न कला संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम, मन्तव्य संगै मनमोहक प्रस्तुति समेत राखेका थिए भने बिभिन्न बिधामा उत्कृष्ठ बिद्यार्थीहरुलाई नगद पुरस्कार सहित प्रमाण पत्र वितरण गरिएको थियो ।

यस्तै कार्यक्रममा सोहि विद्यालयबाट कक्षा १० मा उत्कृष्ट नतिजा हासिल गरेका पूर्व विद्यार्थी सुरज भट्टलाई सम्मान गरेको थियो । उनी हाल पूर्ण छात्रवृत्तिमा काठमाण्डौ सिभिल इन्जिनियरिङमा अध्ययरत रहेका छन् । त्यस्तै पूर्व विद्यार्थी मनिषा सुनारलाई पनि गायन कलामा सफलता प्राप्त गरेकोमा सम्मान गरेको थियो ।

बार्षिक उत्सव कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया, नगरका प्रवक्ता गोपाल दत्त भट्ट, प्याब्सनका केन्द्रीय उपाध्यक्ष जगविर थापा, प्याब्सन सुदुरपश्चिम प्रदेश कमिटी सचिव तर्क राज भट्टराई, लगायत बिभिन्न बिद्यालयका प्रिन्सिपल, शिक्षक, शिक्षिका, अभिभावक, समाजसेबी, बुद्धिजिबी, शिक्षाप्रेमी लगायतको उपस्थीती रहेको थियो । बिद्यालयका शिक्षक डम्मर भट्ट (डिबि) को स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सोहि बिद्यालयका शिक्षक जग्दिश कोट्टारीले गरेका थिए ।

२०४५ सालमा स्थापना भएको विद्यालयमा हाल करिब १ हजार विद्यार्थीहरु अध्यनरत रहेका छन् । बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सुविधासम्पन्न भौतिक पुर्वाधार निर्माण गर्नुका साथै जनशक्तिको समेत उचित व्यवस्थापन गरिएको बिद्यालय प्रसासनले जनाएको छ ।

Loading...