कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तरगत शुक्लाफाँटा नगरपालिका-५ को वन समितिमा आज ( बिहीबार) बिहान बा ०१-००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट मोटरसाइकल पछाडि सवार भीमदत्त नगरपालिका-१८ बस्ने २१ वर्षीया निर्मला बोहोराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएइको छ ।

मोटरसाइकल चालक ३० वर्षीय महिमान बिष्ट पनि घाइते भएका छन्,उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Dhangadhi 2081
Loading...