कृष्णपुरको कञ्चनजंगा क्याम्पसमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत

६० जना विद्यार्थी भर्ना

अत्तरिया : कञ्चनपुरको कृष्णपुर-५ गुलरिया स्थित कञ्चनजंगा क्याम्पसमा बिबिएस प्रथम वर्षका नवागन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले नवागन्तुक विद्यार्थीहरुलाई क्याम्पसमा स्वागत गरेका हुन् ।

बिबिएस दोस्रो वर्षकी छात्रा दिपा सिंहको सभापतित्वमा आयोजित स्वागत कार्यक्रका प्रमुख अतिथि क्याम्पसका संस्थापक अध्यक्ष खगेन्द्र प्रसाद ओझा रहेका थिए । कार्यक्रममा संस्थापक पदम बहादुर ऐर, दिपेन्द्र देउवा, गायिका लक्ष्मी आचार्य लगायत बोर्ड सदस्यहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन केपी कलौनी र अमृता बमले गरेका थिए ।

गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापका लागि कृष्णपुर क्षेत्रमा लोकप्रिय रहेको कञ्चनजंगाले अघिल्लो वर्षबाट स्नातक तहमा व्यवस्थापन संकायको पठनपाठन सुरु गरेको थियो । अघिल्लो वर्षबाट मात्र स्नातक तहमा पठनपाठन सुरु भएपनि बिस्तारै विद्यार्थीहरु आफ्नो कलेजमा भर्नाको लागि आउने गरेको क्याम्पस प्रमुख सुदिप ओझाले बताए । उनले यसपटक बिबिएस प्रथम वर्षमा ६० जना विद्यार्थी भर्ना भइसकेका भन्दै निकट भविष्यमै प्राविधिक विषयको पढाइ पनि सुचारु गरिने पनि बताएका छन् ।

Dhangadhi 2081
Loading...