दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु

दुई जना घाईते

दार्चुला : दार्चुलामा जिप दुर्घटना भएको छ । बुधबार दिउँसो दार्चुलाको महाकाली नगरपालिका-२ मुल्लामा सुपप्र-००१ ज ०००५ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन । मृत्यु हुनेमा महाकाली नगरपालिका-२ का २५ वर्षीय जिप चालक महेश भुल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा महाकाली नगरपालिका-२ का १५ वर्षीय सागर भुल र ३ वर्षीय धौले भुल घाईते भएको र उनिहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी छत्र बहादुर रावतले बताए । घाइतेहरूको अवस्था सामान्य रहेको बताईएको छ ।

Dhangadhi 2081
Loading...