डडेल्धुराको परशुराम धाममा साहित्य महोत्सव सुरु

डडेल्धुरा : डडेल्धुराको परशुराम धाममा दोस्रो परशुराम साहित्य महोत्सव सुरु भएको छ । परशुराम नगरपालिकाको आयोजनामा भएको महोत्सवको गृहमन्त्री रमेश लेखकले बिहीबार उद्घाटन गरेका छन ।

‘संस्कार, संकल्प अनि समृद्धिको उत्सव’ नारासहित आयोजित महोत्सवले स्थानीय कला, संस्कृति र साहित्य प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।

महोत्सवमा दर्जनभन्दा बढी सत्र सञ्चालन हुनेछन्, जसमा सुदूरका सुइना, खेलकुद, पर्यटन, कूटनीति, इतिहास, राजनीति, डिजिटल युगका युवा, संस्कार, शिक्षा, गजल, कविता, र काव्य संध्या जस्ता विषय समेटिएको मेयर भरत बडायर जोशीले बताए ।

महोत्सवमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.विश्व पौडेल, शिक्षाविद् डा.हेमराज पन्त, गीतकार राजेन्द्र शाह विपी, खेलाडी दीपेन्द्रसिंह ऐरी, ओलम्पियन दीपक बिष्ट लगायत अतिथिहरूलाई आमन्त्रण गरिएको छ ।

पहिलो संस्करणको महोत्सव गतवर्ष आयोजना गरिएको थियो । महोत्सव शुक्रबार समापन हुनेछ ।

Dhangadhi 2081
Loading...