लम्कीचुहाका दश बर्षिय बालक बेपत्ता

अत्तरिया : कैलालीको लम्कीचुहा नगरपालिका – ५ का दश बर्षिय बालक लक्ष्मण विक बेपत्ता भएका छन ।

अछामको तुर्माखद गाउँपालिका – ६ तलौनी घर भई हाल लम्कीचुहा नगरपालिका – ५ तिलकपुरमा बस्दै आएका बल बहादुर कामीका १० बर्षे छोरा लक्ष्मण कार्तिक ८ गते देखि बेपत्ता भएका हुन ।

बेपत्ता भएका लक्ष्मणको खोजीका लागि धेरै प्रयास गर्दा पनि फेला नपरेको उनका बुवा बल बहादुरले बताएका छन ।

उनले कसैले फेला पारेमा नजिकैको प्रहरी चौकी तथा ९८४८११८८१४, ९८६४९४९२०७ नम्बरमा सम्पर्क गरिदिन अनुरोध समेत गरेका छ्न ।

Loading...