अत्तरिया बजारको फुटपाथ व्यवस्थापनको माग गर्दै नगरप्रमुखलार्ई ज्ञापनपत्र

अत्तरिया : कैलालीको अत्तरिया बजारमा रहेका फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्न माग गर्दै गोदावरी नगरपालिकाका नगरप्रमुखलाइ ज्ञापन पत्र बुझाईएको छ ।

अत्तरिया उद्योग वाणिज्य संघले आइतबार गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट मार्फत नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएको हो ।

नगरपालिका तथा सुदूरपश्चिम प्रदेशकै मुख्य केन्द्र अत्तरिया बजार दिनानुदिन सडक पेटी तथा सडकका बीच भागमा मुख्य चोक वरिपरी सवारी साधनको पार्किङ्ग, फुटपाथ व्यवसायीहरुको व्यापारको केन्द्र, खाद्यवस्तुका ठेलागाडामा व्यापार गरी विविध सामग्रीहरु विक्री वितरण भइरहेकोले व्यवस्थापन गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको हो ।

‘दुर्घटनाको उच्च जोखिमहुँदै शहरको सुन्दरता समेत कुरुप बन्दै गईरहेकोले आगामी दिनमा विकराल समस्याको सृजना हुन सक्ने सम्भावनालाई मध्यनजर गरी सडक कब्जा गरी व्यापार व्यवसाय गर्ने कार्यलाई दुरुत्साहित गर्दै शहरको सुन्दरतालाई समेत कायम गर्दै यथासिघ्र सडक खाली गराई करको दायरामा ल्याई उचित स्थानमा व्यापार व्यवसाय गर्ने वातावरणको सृजना गर्न गराउन पहल गरी व्यवस्थित बनाउन सहयोग गर्न अनुरोध गरिन्छ’ ज्ञापन पत्रमा भनिएको छ ।’

Dhn_Laingik Hinsa 2082
Loading...