कैलालीको गोदावरीमा आजदेखि नगर स्तरीय परीक्षा सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा आजदेखि नगर स्तरीय परीक्षा सुरु भएको छ । नगरपालिकामा कक्षा ५ र ८ को नगर स्तरिय परीक्षा सुरु भएको हो ।

परीक्षा बिहान ८ बजेबाट सुरु भएको छ । चैत्र ६ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि नगरपालिकाले १३ परीक्षा केन्द्र तोकेको छ ।

कक्षा ८ को परीक्षामा नगरका ५९ विद्यालयका ३१ सय ४८ जना विद्यार्थी सहभागी छन् भने कक्षा ५ को परीक्षामा ८१ बिद्यालयका २६ सय २६ जना बिद्यार्थी सहभागी रहेका शिक्षा शाखाका प्राविधिक सहायक बिष्णुराज अवस्थीले जानकारी दिए ।

परीक्षा शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न अभिभावक, विद्यालय प्रशासन र सुरक्षाकर्मीको समन्वयमा आवश्यक व्यवस्था मिलाईएको बताईएको छ । परीक्षाको मर्यादा कायम राख्न नगरपालिकाको शिक्षा शाखाले अनुगमन टोली समेत खटाएको छ ।

Dhangadhi 2081
Loading...