कञ्चनपुरबाट विभिन्न मुद्दामा फरार तीन प्रतिवादी पक्राउ

अत्तरिया : कञ्चनपुरमा विभिन्न मुद्दामा फरार रहेका तीन जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–५ का पंकज चन्द पक्राउ परेका छन्। उनलाई अदालतले लागुऔषध मुद्दामा ४ महिना कैद सजाए सुनाएको थियो।

उनी सोहि दिनबाटै फरार रहेका थिए। सवारी ज्यान मुद्दामा फरार रहेका महाकाली नगरपालिका–९ का लखन रावल पक्राउ परेका छन्।

रावललाई १ वर्ष कैद, ५ महिना ४ दिन कैद र २ हजार रुपैँया जरिवाना तोकिएको थियो। चनद पनि सोहि दिनबाटै फरार रहेका थिए।

यस्तै चोरी मुद्दामा फरार रहेका भीमदत्त नगरपालिका–४ का युवराज शाहु आइतवार पक्राउ परेका छन्। शाहुलाई अदालतले ९ महिना कैदको सजाए सुनाएको थियो।

तीनै जनालाई आज अदालतले सजाय भुक्तानको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सुचना अधिकारी प्रकाश डाँगीले बताए।

Deep Jyoti Pustak psl
Loading...