काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ ।
यस वर्षको आगामी ७ चैत गतेदेखि सञ्चालन हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका छाप्ने लगायतको सम्पूर्ण आवश्यक तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो । बोर्डका अनुसार प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको जनाएको छ ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका परिक्षा केन्द्रमा पुगिसकेको र जिल्ला जिल्लामा केन्द्राध्यक्षको अभूमिखीकरण भएको छ ।
पछिल्लो तथ्यांक अनुसार परीक्षामा समेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० कायम भएको छ । परीक्षाका लागि ५ लाख २२ हजारले फारम भरेका थिए ।परीक्षा नियन्त्रक पौडेलका अनुसार २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ । सुरक्षाको व्यवस्था केन्द्रमा जिल्ला स्थित सुरक्षा निकायले मिलाउने छ ।
