अत्तरिया : गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टले नगर स्तरीय परीक्षा केन्द्रहरूको अनुगमन गरेका छन् ।
उनले दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय, घण्टेश्वर मावि अत्तरिया, सिद्धबाबा मावि गेटी लगायतका विद्यालयमा पुगेर परीक्षा व्यवस्थापनको अवस्थाबारे जानकारी लिएका हुन् ।
नगरपालिकाले फागुन २७ गतेदेखि कक्षा ५ र कक्षा ८ का विद्यार्थीहरूका लागि सुरु गरेको नगर स्तरीय परीक्षा चैत्र ६ गतेसम्म सञ्चालन हुनेछ । यस परीक्षाका लागि नगरपालिकाले १३ परीक्षा केन्द्र तोकेको छ । कक्षा ८ को परीक्षामा नगरका ५९ विद्यालयका ३१ सय ४८ जना विद्यार्थी सहभागी छन् भने कक्षा ५ को परीक्षामा ८१ बिद्यालयका २६ सय २६ जना बिद्यार्थी सहभागी रहेका
परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न अभिभावक, विद्यालय प्रशासन र सुरक्षाकर्मीबीच समन्वय गरिएको नगर प्रमुख भट्टले बताए । उनले विद्यार्थीहरूलाई निर्धक्करुपमा परीक्षा दिन आग्रह गरेका छन् ।
परीक्षाको मर्यादा कायम राख्नका लागि विशेष अनुगमन टोली खटाइएको छ ।
