अत्तरिया : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय सचिवमा अत्तरियाका यज्ञराज हमाल (योगेन्द्र) निर्वाचित भएका छन् ।
प्याब्सन को १६औँ अधिवेशनको क्रममा भएको निर्वाचनमा उनी लोकप्रिय मत सहित निर्वाचित भएका हुन् । उनले कुल खसेको मतको ४ सय ३ मत पाएका छन् ।
हमाल गोदावरी नगरपालिका-२ अत्तरियामा रहेको जन कल्याण इङलिस स्कुलका संस्थापक हुन ।
(प्याब्सन) को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी यसअघि नै सर्वसम्मत चयन भएका थिए । निर्वाचित पदाधिकारी तथा सदस्यको बुधवार शपथ ग्रहण गरिएको छ।
