पुष्पाञ्जली माविका सञ्चालक भण्डारी प्याब्सनको केन्द्रीय सदस्यमा विजयी

अत्तरिया : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय सदस्यमा अत्तरियाका यम प्रसाद भण्डारी निर्वाचित भएका छन् ।

प्याब्सनको १६औँ अधिवेशनको क्रममा भएको निर्वाचनमा उनी लोकप्रिय मत सहित निर्वाचित भएका हुन् ।

कैलालीको गोदावरी नगरपालिका-१ मा रहेको पुष्पाञ्जली आवासिय माविका संस्थापक प्रिन्सिपल तथा सञ्चालक भण्डारी लामो समयदेखी शिक्षा क्षेत्रमा आवद्ध रहेका छन् ।

उनले आफुलाई बिश्वास गरी मत दिएर निर्वाचित गरी सहयोग  गर्ने सम्पुर्ण प्रतिनिधीहरुप्रति आभार प्रकट गरे । आगामि दिनमा आफुसंस्थाको सम्बृद्धि र गुणस्तरिय शिक्षाको प्रवद्धनका लागि प्रतिवद्ध रहने बताए ।

Nabadurga Sunchadi
Loading...