प्रेस चौतारी कैलालीले होली खेलेर सङ्कलन गर्यो एक लाख ७७ हजार

धनगढी : प्रेस चौतारी नेपाल, कैलालीले होली खेलेर एक लाख ७७ हजार सङ्कलन गरेको छ । जिल्ला कार्यसमितिको आयोजनामा तीन दिनसम्म खेलिएको होलीबाट एक लाख ७७ हजार चार सय पाँच रुपैयाँ सङ्कलन भएको हो ।

प्रेस चौतारी नेपाल, कैलालीका अध्यक्ष जनकसिंह विष्टले आय-व्यय विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको आय-व्ययमा कुल सङ्कलन एक लाख ७७ हजार चार सय पाँच रुपैयाँ भएकोमा ८० हजार नौ सय ६० रुपैयाँ खर्च भएको छ । प्रेस चौतारी नेपाल, कैलालीले होली खेलेर ९६ हजार चार सय ४५ रुपैयाँ बचत गरेको हो। तर, २५ हजार रुपैयाँ सङ्कलन हुन बाँकी रहेको छ । आय-व्ययमा ७१ हजार चार सय ४५ रुपैयाँ खुद बचत भएको उल्लेख गरिएको छ ।

प्रेस चौतारी, कैलालीले तीन दिनसम्म गाडी भाडामा लिएर होली खेलेको थियो । कैलालीको टीकापुरदेखि धनगढीसम्मको तीन दिनको गाडी भाडा खर्च २६ हजार चार सय पाँच रुपैयाँ भएको छ । तीन दिनमा ३० हजार नौ सयको खाना र ६ हजार आठ सय पाँच रुपैयाँको खाजा खर्च भएको छ । होलीको लुगामा ६ हजार आठ सय खर्च भएको छ । मादल, खैजडी, कार्ड, साउण्ड बक्समा १० हजार ५० रुपैयाँ खर्च भएको छ ।

होलीको समयमा खाना खुवाउने र लुगा सहयोग गर्नेहरूको अभिलेख राखिएको छ। उनीहरूले गरेको सहयोगको अभिलेख आम्दानी र खर्चमा समावेश गरिएको अध्यक्ष विष्टले बताएका छन् । प्रेस चौतारी, कैलालीले सङ्कलन भएको रकम कोषमा जम्मा गर्ने बताएको छ ।

Nabadurga Sunchadi
Loading...