अत्तरिया : धनगढीमा कुखुराको प्वाँख सडकमा फाल्नेलाई ५ हजार जरिवाना हुने भएको छ ।
आफ्नो मासु पसलका कुखुराको प्वाँखहरू रातिको समयमा जथाभाबी सडकमा फाल्नेलाइ धनगढी उपमहानगरपालिकाले ५ हजार जरिवाना गरेको हो।
उपमहानगरपालिकाको सरसफाइ शाखाले सडकमा प्वाँख फाल्नेलाई सम्झाई बुझाइ समेत गरेको जनाएको छ।
स्वच्छ धनगढी निर्माणकालागि सम्पूर्णले आ–आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण योगदान गरिँदिन समेत उपमहानगरपालिकाले अनुरोध गरेको छ ।