नवज्योति माविको ‘विद्यार्थी,बिद्यालय भलाइ कोष’मा समाजसेवी भट्टराईको आर्थिक सहयोग

अत्तरिया : कैलालीको गोदावरी-३ मालिका टोल स्थित नवज्योति माध्यमिक बिद्यालयले स्थापना गरेको भलाई कोषमा नेकपा एमालेका युवा नेता तथा समाजसेवी बालकृष्ण भट्टराईले आर्थिक सहयोग गरेका छन् ।

बिद्यालयले स्थापना गरेको ‘बिद्यार्थी, विद्यालय भलाइ कोष’ नेकपा एमालेका कैलाली जिल्ला लेखा कमिटी सदस्य तथा समाजसेवी भट्टराईले रु.२५ हजार सहयोग गरेका हुन् । शिक्षा र समाजप्रति असल कर्तव्य निर्वाह गरिरहेका भट्टराई विद्यालयका पूर्वविद्यार्थी हुन् ।

उनले आफ्ना स्व. बुवा नवराज भट्टराईले पनि सोहि विद्यालयमा अध्यापन गराएको र आफुले पनि सोहि विद्यालयमा अध्ययन गरेकाले विद्यालय प्रति अपार स्नेह रहेको बताए । शिक्षाको महत्वलाई आत्मसात गर्दै भट्टराईले विद्यालयका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विद्यालयका गतिविधिहरूमा विशेष चासो राख्ने गरेका भट्टराईले समय-समयमा बिद्यालयमा आएर बिद्यालयको प्रगतिका लागि आवश्यक सल्लाह र सुझाव दिदै आएका छन् ।

आगामी दिनहरूमा पनि यस्तै सकारात्मक सहयोगको अपेक्षा गर्दै विद्यालय परिवारले भट्टराईलाई धन्यवाद व्यक्त गरेको छ ।

Nabadurga Sunchadi
Loading...