दार्चुलामा भीरबाट लडेर वृद्धको मृत्यु

दार्चुला : दार्चुलामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । नौगाड गाउँपालिका-२ सुण्डमुण्डमा भीरबाट लडेर स्थानीय ६४ वर्षीय नरबहादुर ठगुन्नाको मुत्यु भएको हो ।

स्थानीय सरिता ठगुन्नाका अनुसार गाउँ नजिकको भैंसेमेला वनमा बाख्रा चराउन गएका ठगुन्नाको लडेर ज्यान गएको हो ।

बाख्रा चराउन गएका ठगुन्ना अबेर रातिसम्म घर नर्फिएपछि स्थानीयहरुले खोजी गर्दा मंगलबार बिहान मृत्त अवस्थामा फेला परेको उनले बताइन् । मृत्तक ठगुन्नाको घरमा उनकी पत्नि, तीन छोरा लगायत रहेको पारिवारिक स्रोतले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...