बैतडीका ५ क्याम्पसको नतिजा सार्वजनिक, एक क्याम्पसमा आज निर्वाचन हुँदै

बैतडी : बैतडीमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरगतका ५ ओटा क्याम्पसको अन्तिम नजिता सार्वजनिक भएको छ । जस अनुसार ३ क्याम्पसमा अनेरास्ववियु र २ क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ । यहाँ २ क्याम्पसमा सहमति र ३ क्याम्पसमा निर्वाचनबाट सभापति चयन गरिएको हो ।

दोगडाकेदार गाउँपालिकामा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट अनेरास्ववियुका नवीन कपाडी स्ववियु सभापतिमा निर्वाचित भएका छन् । शिवनाथ गाउँपालिकामा रहेको ग्राम प्रकाश बहुमुखी क्याम्पसमा नेविसंघबाट कविता साउँद सभापतिमा विजयी भएकी छिन ।

डिलाशैनी गाउँपालिका-६ गोकुलेश्वरमा रहेको सेटिगाउँ बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका कृष्णसिंह रावल विजयी भएका छन् ।

यस्तै दशरथचन्द नगरपालिकामा रहेको शिक्षा क्याम्पस शाहीलेकको स्ववियु सभापतिमा अनेरास्ववियुका अक्बर चन्द निर्विरोध निर्वाचित भएका छन् ।पञ्चेश्वरस्थित नवप्रभात संयुक्त क्याम्पस कुलाउमा पनि अनेरास्ववियुकी सपना चन्द निर्विरोध निर्वाचित भएकी थिइन ।

जिल्लामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ८ ओटा क्याम्पस रहेका भएपनि रौलाकेदार बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन भएको छैन् । पुर्चौंडी बहुमुखी क्याम्पसमा आज निर्वाचन हुँदैछ भने सिगास शिक्षा क्याम्पसमा विवाद भएको छ ।

Nabadurga Sunchadi
Loading...