दार्चुला : दार्चुलामा जिपको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको महाकाली नगरपालिका-९ दत्तु स्थित दार्चुला खलगांदेखी फाप्ला जाँदै गरेको चालक दार्चुलाको मालिकार्जुज गाउँपालिका-२ का नरेन्द्र धामीले चलाएको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००९९ नम्बरको जिपको ढोकाबाट खस्दा सोहि ठाउँका ३९ वर्षीय विक्रम शामन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरीका अनुसार मङ्गलवार दार्चुला खलगांदेखी फाप्ला जाँदै गरेको जिपको दायाँ पट्टिको ढोका आफै खुलेर लड्दा शामन्त घायते भएका थिए । घाइते शामन्तको उपचारको क्रममा मृत्यु भएको जनायएको छ ।
