काठमाडौं : इण्डियन प्रिमियर लिग आइपीएलमा कोलकता नाइट राइडर्सले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा कोलकताले राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै दोस्रो खेलमा पहिलो जित दर्ता गर्यो ।
१ सय ५२ रनको लक्ष्य कोलकताले १७ दशलमव ३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । कोलकताको जितमा ओपनर क्विन्टन डि ककले अर्धशतकीय इनिङ खेले । डि ककले अविजित रहँदै ६१ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक ९७ रन जोडे। अंगकृष्ण रघुवंशी १७ बलमा २२ रनमा अविजित रहे। कप्तान अजिक्य रहाणे १८ रनमा आउट भए । ओपनर मोइन अलि ५ रनमा पेभिलियन फर्किए । राजस्थानलका लागि वानिन्दु हसरंगाले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनायो । राजस्थानका लागि धुव्र जुरेलले सर्वाधिक ३३ रन बनाएका थिए। ओपनर सञ्जु स्यामसनले १३ तथा नितिश रानाले ८ रन बनाए ।
यशस्वी जैसवाल २९ रनमा आउट भएका थिए भने कप्तान रियान पराग २५ रन जोड्दै आउट भए । जोफ्रा आर्चरले १७ बनाए । कोलकताका लागि हर्षित राना, वैभव अरोरा, मोइन अलि र वरुण चक्रवर्तीले समान २ तथा स्पेन्सर जोनसनले १ विकेट लिए ।
पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित कोलकता २ खेलमा २ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ । लगातार दोस्रो हार बेहोरेको राजस्थान अंक बिहिन रहँदै पुछारमा छ । पहिलो खेलमा राजस्थान सनराइजर्स हैदरावादसँग पराजित भएको थियो ।
प्रतियोगिता अन्तरगत आज सनराइजर्स हैदराबाद र लखनउ सुपरजायन्टबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ ।
