६८६ कोटामा निमावि तहको शिक्षक पदका लागि आवेदन माग

काठमाडौँ : शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि ६८६ कोटामा निम्नमाध्यमिक तहको शिक्षक पदको लागि आवेदन खुला गरेको छ ।

आयोगले आज विज्ञापन जारी गर्दै सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ ।

आयोगका अनुसार नेपाली शिक्षक १०९ जना, अंग्रेजी शिक्षक १७१ जना माग गरेको छ। यसैगरी गणित शिक्षक ११२, विज्ञानमा १०१ गणित विज्ञानमा ८०, सामाजिकमा १०९, स्वास्थ्य तथा शारीरिक शिक्षामा १, संस्कृत २ र संस्कृत भाषामा एक शिक्षक माग गरेको हो।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिन आग्रह गरिएको छ ।

Nabadurga Sunchadi
Loading...