कैलालीमा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

अत्तरिया : कैलालीमा चोरी मुद्धाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–२ तेघरीका ३६ वर्षीय रक्किल मगरलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले सोमवार घरको ठेगानाबाट फेला पारी पक्राउ गरेको बताएको छ।

जिल्ला अदालत कैलालीले चोरी मुद्धामा २०६७ असार ३१ गते ११ हजार २ सय ५० रुपैँया जरिवाना र १ महिना कैद सजाय तोकेपछि उनी फरार रहेका थिए।

उनलाई आवश्यक कारबाहीको लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

Loading...