अत्तरियाको लोटसका २ जना विद्यार्थीले कक्षा ८ को परिक्षामा ल्याए ४ जीपिए

अत्तरिया : कैलालीको अत्तरियामा रहेको लोटस आई माविका २ जना विद्यार्थीहरुले आधारभुत तह कक्षा ८ को परिक्षामा ४ जीपिए ल्याएका छन । विद्यालयमा अध्ययनरत भगवती कुमारी चन्द र हरिश भट्टले कक्षा ८ को परिक्षामा ४ जीपिए ल्याएका हुन ।

विद्यालय प्रशासनले गोदावरी नगरपालिकाभित्रमा ४ जीपिए ल्याउने विद्यालयहरुमा लोटस आई प्रथम भएको जनाएको छ । विद्यालयका प्रिन्सिपल मान बहादुर ऐरले नगरक्षेत्रमा लोटसका मात्रै २ जना विद्यार्थीहरुले ४ जीपिए ल्याएको दाबी गरे । उनका अनुसार परिक्षामा सहभागि नगरका ५९ विद्यालयमध्ये कुनै पनि विद्यालयका २ जना तथा सो भन्दा बढी विद्यार्थीले ४ जीपिए ल्याएका छैनन् ।

ऐरले विद्यालय गत वर्ष पनि आधारभुत तह कक्षा ८ को परिक्षामा ४ जीपिए ल्याउनेमा प्रथम भएको र यो वर्ष पनि पहिलो स्थानमै रहेको बताए । ‘गत वर्ष पनि हाम्रो मात्रै एक जना विद्यार्थीले ४ जीपिए ल्याएका थिए’ उनले भने ‘यस वर्ष अन्य विद्यालयका १/१ जना विद्यार्थीले ४ जीपिए ल्याएपनि हाम्रो विद्यालयका भने २ जना विद्यार्थीहरुले ४ जीपिए ल्याएका छन, त्यसैले लोटस आई ४ जीपिए ल्याउनेमा प्रथम भएको छ ।’

उनका अनुसार लोटस आई माविबाट कक्षा ८ को परिक्षामा ७३ जना परिक्षार्थी सहभागि भएका थिए । जसमध्ये २६ जना ए प्लस ग्रेड, ३६ जना ए ग्रेड र १० जना बि प्लस ग्रेड ल्याएर उत्तिर्ण भएको बताए । उनका अनुसार एक जना विद्यार्थी भने चान्स परिक्षामा परेका छन ।

विद्यालयका प्रिन्सिपल ऐरले यो उपलब्धिमा योगदान पुर्‍याउने विद्यार्थी, शिक्षक तथा अभिभावकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी सत्रहरूमा झनै उत्कृष्टता हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे । विद्यालयमा शैक्षिक सत्र २०८२ का लागि पिजि देखि कक्षा ९ सम्म नयाँ भर्ना खुलेको जानकारी दिए ।

Nabadurga Sunchadi
Loading...