अत्तरियाको शिखर डेन्टल क्लिनिक र ग्लोबल आईएमई बैंक अत्तरिया बिच उपचारमा छुट सम्झौता

अत्तरिया : कैलालीको अत्तरियामा रहेको शिखर डेन्टल क्लिनिक र ग्लोबल आईएमई बैंक बिच उपचारमा छुट सम्झौता भएको छ । बिहिबार नयाँ वर्षको अवसर पारी बैंकको अत्तरिया शाखा र शिखर डेन्टल क्लिनिक बिच उपचारमा छुट सम्झौता भएको हो ।

नयाँ वर्ष २०८२ को अवसर पारी बैंकसँग दाँत तथा मुख सम्बन्धी सम्पुर्ण उपचारमा छुट सम्झौता भएको शिखर डेन्टल क्लिनिकका सञ्चालक मिन बहादुर देउवाले जानकारी दिए । उनले बैंकका कर्मचारी र बैंकमा कारोबार गर्न आउने ग्राहकहरुको दाँत तथा मुख सम्बन्धी सम्पुर्ण उपचारमा १५ प्रतिशत छुटसहित उपचार गर्ने सम्झौता भएको बताए ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट अत्तरिया शाखाका मेनेजर भुवन प्रसाद भट्ट र शिखर डेन्टल क्लिनिकका तर्फबाट सञ्चालक मिनबहादुर देउवाले हस्ताक्षर गरेका छन । शिखर डेण्टल क्लिनिक प्रा. लि. ले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत सामाजिक मुख स्वास्थ्य कार्यक्रम तथा जनचेतनामुलक कार्यक्रम, निःशुल्क दाँत र मुख स्वास्थ्य शिबिर, बिद्यालय मुख स्वास्थ्य कार्यक्रम एवम् सामाजिक कार्यक्रम गर्दै आएको छ ।

अत्तरिया क्षेत्रमा लामो समयदेखी दाँत तथा मुख सम्बन्धी अग्रणी स्वास्थ्य संस्थाका रुपमा रहेको शिखर डेण्टलले नविनतम प्रविधिद्वारा बिशेषज्ञ सेवाहरु दिदै आईरहेको सञ्चालक देउवाले बताए ।

Nabadurga Sunchadi
Loading...