अत्तरिया : नेपाल चेम्बर अफ कमर्स कैलाली सम्मानित भएको छ । नेपाल चेम्बर अफ कमर्सको ७४औ वार्षिक साधारण सभाको अवसरमा कैलाली चेम्बर सम्मानित भएको हो ।
देशभरका सबै जिल्ला चेम्बरहरुमध्ये उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै कैलाली चेम्बरलाई सम्मानित गरिएको अध्यक्ष प्रमोद अधिकारीले बताए ।
उनका अनुसार जिल्ला चेम्बर अफ कमर्सको संस्थागत विकास तथा चेम्बर गतिविधिहरुलाई विस्तार गर्न कैलाली चेम्बरले प्रशंसनिय भुमिका निर्वाह गरेको नेपाल चेम्बर अफ कमर्सको ठहर छ ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले कैलाली जिल्ला अध्यक्ष अधिकारीलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
