बझाङमा २१ वर्षिय युवक मृत फेला

अत्तरिया : बझाङमा एक युवक मृत फेला परेका छन्।

जिल्लाको बु्रगल नगरपालिका वडा नम्बर ४ पिपलकोटका २१ वर्षिय मनोज भुल मृत फेला परेका हुन्।

प्रहरीका अनुसार उनी हापेखोलाका हर्क स्रिहको पसल अगाडी मंगलवार मृत फेला परेका छन्।

प्रहरीका अनुसार मदिरा सेवन गरेका युवा बिहान मृत फेला परेका हुन्। उनको पोस्टमाटम गरिएको छ।

Deep Jyoti Pustak psl
Loading...