कञ्चनपुरबाट नास्ता पसलमा जुवातास खेलिरहेका ७ जुवाडे पक्राउ

अत्तरिया : कञ्चनपुरबाट ७ जना जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–७ फगतपुरस्थित राजु चौधरीको नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा चौधरीसहित ७ जना जुवाडे पक्राउ परेका हुन्।

मंगलबार बिहान उनीहरु जुवाखालबाटै पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले नगद ११ हजार ५ सय ८० रूपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो।

घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

Loading...