काठमाडौं : आजदेखि विश्व खोप सप्ताह प्रारम्भ हुँदैछ ।
‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ नाराका साथ यो वर्ष खोप सप्ताह मनाइँदैछ। विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रबर्द्धन गर्नु हो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका कारण १५ करोड ४० लाख मानिसको जीवन जोगिएको छ ।
शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको छ । बालकदेखि वृद्धसम्मलाई रोग प्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीहरूलाई टिटानस किशोरीहरुलाई एचपिभीबाट जोगाउँछ ।
