लागुऔषध सेवन गरेर मोटरसाइकल चलाउने पक्राउ

अत्तरिया : कैलालीस्थित धनगढीबाट लागुऔषध सेवन गरेर मोटरसाइकल चलाउने पक्राउ परेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीका अनुसार १९ वर्षीय अरुण चौधरी र मुकेश जोशी पक्राउ परेका हुन्।

उनीहरूलाई मङ्गलवार धनगढी उपमहानगरपालिका वडा नम्बर १ वडा प्रहरी कार्यालय नजिकबाट पक्राउ गरिएको हो।

सुदूरपश्चिम प्रदेश ०१–००९ प १२८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूको लागुऔषध सेवनको परीक्षण गरिएको थियो।

उनीहरूले दुबै जनाको रिपोर्ट पोजेटिभ आएको थियो। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, कैलालीको थुना कक्षमा राखेर अनुसन्धान हुँदैछ।

Loading...