शिक्षक आन्दोलनमा कुटिए धनगढीका शिक्षक

काठमाडौं : काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा एकजना शिक्षकमाथि कुटपिट भएको छ । आज (शनिबार) दिउँसो काठमाडौं महानगरपालिका-१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगढी उपमहानगरपालिका-१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका हुन् ।

प्रहरीका अनुसार आपसी मतभेदका कारण १५/२० जना शिक्षकले जोशीलाई कुटपिट गरेर घाइते बनाएको प्रहरीले जनाएको छ । जोशी कैलालीको धनगढी-१२ स्थित दुर्गा आधारभुत माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षक हुन् ।

उनी पनि शिक्षक महासंघकै आन्दोलनमा सहभागी हुन पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराका अनुसार उनलाई तत्कालै प्रहरीको टोलीले मिनभवनस्थित सिभिल अस्पताल पुर्‍याएको थियो । घाइते शिक्षक जोशीको टाउकोमा टुटुल्को उठेको छ भने शरिरका विभिन्न भागमा चोटपटक लागेको छ ।

Nabadurga Sunchadi
Loading...