अत्तरिया : कैलालीको गोदावरी – १ अत्तरियाबाट ९ जना जुवाडे पक्राउ परेका छन । स्थानीय ६० वर्षीय दुर्गा घलेको घर भित्र जुवातास खेलिरहेको अवस्थामा घले सहित ९ जना जुवाडे पक्राउ परेका हुन ।
आज (शनिबार) इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५५ हजार ८५ रुपैयाँ र पाँच बुक ताससहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।