डान्सबारमा जुवा खेलिरहेको अवस्थामा चक्र बमसहितका ९ कलाकार पक्राउ

अत्तरिया :  सुदूरपश्चिमका चक्र बमसहित ९ कलाकार पाँच दिनदेखि प्रहरीको थुनामा छन्।

मैतीदेवीको एक डान्सबारमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरी वृत्त अनामनगरले पक्राउ गरेको हो।

जुवा खालबाट पक्राउ पर्नेहरूमा बमसहित गणेश विष्ट, नरेन्द्र विष्ट, सुर्पमान स्याङ्तान, रोशन सिंह, शंकर प्रसाद आचार्य, टाइम मगर, सुरेन्द्र साउँद र घनश्याम अधिकारी रहेका छन्।

जुवा खालबाट प्रहरीले एक लाख रकम भन्दा धेरै बरामद गरेको प्रहरीले बताएको छ। उनीहरुलाई थुनामा राखेर प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ।

Deep Jyoti Pustak psl
Loading...