गोदावरी नगरपालिकाले मनायो १३६औं श्रमिक दिवस

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले श्रमिक दिवस मनाएको छ । नगरपालिकाको रोजगारी सेवा केन्द्रले आयोजनामा बिहीबार १३६ औं श्रमिक दिवस मनाएको हो ।

कार्यक्रममा निड्स नेपाल र मुक्त कमैया महिला विकास मञ्चको सहकार्य गरेका थिए । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी को सभापतित्वमा आयोजित कार्यक्रममा नगर उपप्रमुख शारदा देवी रोकाया प्रमुख अतिथि थिइन् ।

कार्यक्रममा १०० सय दिने रोजगार कार्यक्रममा सहभागी र रोजगारदतालाई सम्मानित गरिएको थियो । औपचारिक कार्यक्रम अघि बिहान बसपार्कबाट र्याली शुरु गरी अत्तरिया बजार परिक्रमा गरिएको थियो ।

oplus_0
Nabadurga Sunchadi
Loading...