अत्तरियाका पत्रकारहरुद्धारा बिरामीलाई फलफूल वितरण

अत्तरिया : कैलालीको अत्तरियाका पत्रकारहरुले बिरामिलाई फलफूल वितरण गरेका छन् । आज (शनिबार) ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अत्तरिया अस्पताल र पदमा अस्पतालका बिरामीहरूलाई पत्रकारहरुले फलफूल वितरण गरेका हुन ।

फलफूल वितरण कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश इन्चार्ज दिल बहादुर छत्यालले दिवसका अवसरमा फलफूल वितरण गरेकोमा धन्यावाद ज्ञापन गरे । उनले पत्रकारले लोकतन्त्र, गणतन्त्रका लागि सङ्घर्ष गरेको भए पनि अहिले लोकतन्त्रैमै पनि पत्रकार असुरक्षित भएकाले यसको अन्त्य हुन आवश्यक रहेको बताए ।

यस्तै प्रेस युनियनका केन्द्रीय सदस्य पुष्प राज जोशीले पत्रकारितामा देखिएका चुनौती चिर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।पदमा अस्पतालका डाक्टर नर बहादुर मौनीले हरेक परिस्थितिमा पत्रकारहरूले सामना गर्दै कलम चलाउँदै आएको बताउँदै दिवसको अवसरमा अस्पतालमा फलफूल वितरण गरेकोमा धन्यावाद ज्ञापन गरे ।

‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृत्रिम बौद्धिकताको प्रभाव’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै आज नेपालमा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ ।

Loading...