गोदावरी ३ र ४ ले ल्याए आगामी आर्थिक वर्षका लागि बजेट

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ र ४ ले आगामी आर्थिक वर्षका लागि बजेट बजेट ल्याएका छन् । बिहीबार दुवै वडाले छुट्टाछुट्टै वडा भेलाको आयोजना गर्दै आर्थिक वर्ष २०८२\०८३ को बजेट ल्याएका हुन ।

वडा नम्बर १ ले आगामी आर्थिक वर्षका लागि १ करोड २० लाख ९७ हजार ९९२ रुपैयाँ बराबरको बजेट ल्याएको छ । जसमध्ये समानिकरण तर्फ ७० लाख र सूत्रमा आधारितमा ५० लाख ९७ हजार ९९२ रुपैयाँ रहेको वडाध्यक्ष गोपाल दत्त भट्टले बताए । आगामी आर्थिक वर्षमा वडाले नगरबाट प्राप्त बजेट सिलिङ अनुसार विभिन्न शीर्षक मा बजेट विनियोजन गरेको उनले बताए । उनका अनुसार वडाले पूर्वाधार विकासतर्फ ८० लाख, सामाजिक विकासतर्फ १५ लाख ५० हजार र आर्थिक विकासतर्फ १३ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यसै गरी वन तथा वातावरण क्षेत्र तर्फ १ लाख ५० हजार र सुशासन तथा संस्थागत विकास तर्फ १० लाख ६७ हजार ९९२ रुपैयाँ विनियोजन गरिएको वडाध्यक्ष भट्टले बताए ।

यस्तै वडा नम्बर २ ले आगामी आर्थिक वर्षका लागि १ करोड १७ लाख ७ हजार ७७ रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये ७० लाख समानिकरण र ४७ लाख ७ हजार ७७ रुपैयाँ सूत्रमा आधारित रहेको छ । वडाले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमध्ये सबैभन्दा बढी पूर्वाधार विकासमा छुट्टाएको छ ।

सो शीर्षकमा वडाले ५७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै सामाजिक विकासतर्फ १७ लाख, आर्थिक विकासतर्फ २० लाख, वातावरण तथा बिपत व्यवस्थापन तर्फ १५ लाख र सुशासन तथा अन्य क्षेत्रतर्फ ७ लाख रुपैयाँ विनियोजन गरिएको वडा सदस्य देवराज भट्टले बताए ।

Nabadurga Sunchadi
Loading...