नवज्योति माविलाई भट्टराईको सहजीकरणमा सिटिजन्स र सिदार्थ बैंकको सहयोग

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-३ स्थित नवज्योति माध्यमिक विद्यालयलाई सिटिजन्स बैंक र सिदार्थ बैंकले बिद्यालयलाई आवश्यक सामाग्रीहरु सहयोग गरेको छ । दुबै बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय व्यवस्थापनमा आवश्यक सामाग्री सहयोग गरेका छन् ।

सिदार्थ बैंकले विद्यार्थीहरूका लागि आवश्यक बेन्च तथा डेस्क खरिद गर्न एक लाख रुपैयाँको चेक प्रदान गरेको छ । त्यस्तै, सिटिजन्स बैंकले बाल विकास कक्षामा अध्ययनरत बालबालिकाहरुका लागि मनोरञ्जनात्मक झुला (स्विङ) हस्तान्तरण गरेको विद्यालयकी प्रधानाध्यापक वसन्ती भट्टले बताईन् ।

बिद्यालयलाई उक्त सामाग्रीहरु सहयोग उपलब्ध गराउन सहजीकरण गर्ने भूमिका निर्वाह गरेका स्थानिय युवा बालकृष्ण भट्टराईलाई प्रधानाध्यापक भट्टले विशेष धन्यवाद दिएकी छन् । आगामी दिनमा बिद्यालयको गुणस्तर अभिवृद्धि र समग्र विकासका लागि निरन्तर सहयोग गरिदिनसमेत उनले सबैमा आग्रह गरेकी छन् ।

त्यस्तै सोहि बिद्यालयका पुर्व बिद्यार्थी समेत रहेका स्थानिय युवा भट्टराईले बिद्यालयको स्तरोउन्नतीका साथै शैक्षिक गुणस्तर अभिबृद्धिकालागि सधै सहयोग गर्नमा तत्पर रहेको बताए ।

Nabadurga Sunchadi
Loading...