अत्तरिया : प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले बिद्यार्थीहरुलाई झोला वितरण गरेको छ । कैलालीको चुरे स्थित ग्वासी आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई मंगलबार झोला वितरण गरेको हो ।
इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लाको दुर्गममा रहेको उक्त विद्यालयमा अध्ययनरत कक्षा १ देखी ८ सम्मका ११० जना विद्यार्थीहरुलाई एक औपचारिक कार्यक्रमका बिच झोला वितरण गरेको बताईएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम थापाको अध्यक्षतामा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानिय जनप्रतिनिधि, शिक्षक अभिभावक सँघका पदाधिकारी तथा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रध्यानाध्यापक खड्क बहादुर खत्रीले गरेका थिए ।
सोहि बिद्यालयमा कार्यरत शिक्षिका निर्मला पाठकको सहकार्यमा प्रोटेक्टिभ माईक्रो ईन्स्योरेन्सले बिद्यार्थीहरुलाई झोला वितरण गरेको बताईएको छ ।