कैलालीको त्रिनगरबाट लागूऔषधसहित दुई किशोर पक्राउ

अत्तरिया : धनगढीबाट लागूऔषधसहित दुई किशोर पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट १५० मिलिग्राम लागूऔषधसहित सोही ठाँउका १५ वर्षका बिराज खत्री र विष्णु शर्मा मंगलबार साँझ पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएकोे छ।

Loading...