अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टलाई १५ किलोको मालाले सम्मान गरिको छ ।
गोदावरी नगरपालिका-१ पृथ्वीनगरटोमा रहेको शिव मन्दिर व्यवस्थापन समितिको दोस्रो साधारण सभामा नगरप्रमुख भट्टलाई सम्मान गरिको हो ।
कार्यक्रममा पृथ्वीनगर आमा समूहले नगरप्रमुख भट्टले मन्दिर, पार्क निर्माणमा सहयोग गरेको भन्दै १५ किलोको मालाले सम्मान गरेका थिए ।
सम्मान गरेकोमा नगरप्रमुखले आमा समुहलाई धन्यवाद ज्ञापन गरेका थिए ।
